पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

२२ पुस, काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले
आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चिताका लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्विकृत दिने निर्णय भएको बताएका हुन्।
अर्थमन्त्रालयको प्रश्तावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राजश्व कार्यालय स्थापना गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने,पोखरा विमानस्थल राष्ट्रिय गौरवका आयोजना मध्ये एक हो, पौडेलले भने, कोभिडको समयलाई कटौती गर्ने हो भने तुलनात्मक रुपमा समयमा नै सम्पन्न भएको आयोजनाको रुपमा रहेको छ। यो आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र विमानस्थलबाट यर्थेस्ट लाभको सुनिश्चिता गर्ने जिम्मेवारी सरकारको रहेकाले आवश्यक जनशक्ति समेत व्यवस्थापन गर्ने निर्णय गरेका छौं।
उनले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिए।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply