शीतलहरले तराईको जनजीवन प्रभावित

२३ पुस, काठमाडौं । पश्चिम तराईको नेपालगञ्जमा पाँच दिनदेखि घाम लागेको छैन। बिहान–बेलुका शीतलहरको ठिही बढ्दो छ। एकातिर घाम नलाग्ने समस्या र अर्कोतिर शीतलहरको मारले जनजीवन अस्तव्यस्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “चोक–चोकमा दाउरा बालेर न्यानो बनाउँदै छौँ, आवश्यक परेकालाई न्यानो कपडा बाँडिरहेका छौँ।”
मध्यतराईको बारा जिल्लाको अवस्था पनि नेपालगञ्जको जस्तै छ। शीतलहर चलिरहेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भन्नुभयो, “घामको मुख देख्न पाइएको छैन, चोकचोकमा दाउरा बालेरै ज्यान जोगाउन लागिपरेका छौँ।”
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पनि शीतलहरबाट मानिसको ज्यान जोगाउन स्थानीय तहलाई दाउरा र न्यानो कपडा वितरण कार्यलाई सक्रिय बनाइएको बताउनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार चार दिनदेखि घाम झुल्केको छैन। स्थानीय तह र सुरक्षाकर्मीसमेत चोकचोकमा दाउरा पु¥याउन व्यस्त रहेको जानकारी दिनुभयो। पूर्वको सुनसरी र मोरङको तराई भेगको अवस्था पनि शीतलहरमय बन्दैछ। स्थानीयवासी न्यानोको खोजीमा घरदैलो अगाडिको सरकारको मुख ताक्न बाध्य छन्।
चोकमा आगो, घरभित्र ठिही
शीतलहरले आक्रान्त बनेको जनजीवन सहज बनाउन चोकमा दाउरा बाल्नुको विकल्प स्थानीय र सङ्घीय सरकारले देखेको छैन। चोकमा आगो तापुन्जेल न्यानो हुन्छ तर घर फर्केपछि सिरेटोमा रात बिताउन बाध्य छन् स्थानीय बासिन्दा। फुसको घर र न्यानो कपडाको अभावले धेरै जना जाडोयाममा रातभर निदाउन सक्दैनन्।
तराईका चोक–चोकमा घुर (परालको आगो) बालेर ताप्ने परम्परागत चलन छ। त्यही चलनलाई बढावा दिँदै हिउँदको शीतलहरमा सङ्घीय सरकार र स्थानीय सरकारले पनि चोक–चोकमा दाउरा उपलब्ध गराएर चिसो भगाउने प्रयत्न गरिरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारीहरू बताउनुहुन्छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply