सरकार असफल पार्न कांग्रेसले प्रधानमन्त्री पद बाँडिरहेको छ : ओली

२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पुर्याउन नदिन खुद्रा खेल खेलिरहेको आरोप लगाएका छन् ।
शनिबार एमालेका सांसदहरुको प्रशिक्षण कार्यक्रममा उनले देउवाले अहिलेको सरकार असफल बनाउन प्रधानमन्त्ती पद बाँड्दै हिँडेको आरोप लगाएका छन् ।
‘अहिले असफल पार्ने प्रयास बेस्सरी भइरहेका छन् । नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले भन्नुभयो–वी वील कम ब्याक । संकेत उहाँहरुले २६ गते नै आउँछौं भनेको हो । उहाँहरुले यस्तो खुद्रा खेल खेलिरहनुभएको अहिले । पार्टीहरुमा बाँडिरहनुभएको छ प्रधानमन्त्री’ उनले भने, ‘एउटा पार्टीको अध्यक्षलाई बोलायो, प्रधानमन्त्री तिमी हुने हो भनेको छ ।’
प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत नलिँदै कांग्रेस सभापति देउवाले हालको सत्तारुढ गठबन्धनमा सामेल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई र सत्तारुढ गठबन्धनमा नरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।
यो सरकार असफल भएमा ठूलो पार्टीको नेताको हैसियतमा देउवा प्रधानन्त्री बन्ने भन्दै ओलीले त्यसका लागि कांग्रेसले प्रयास गरिरहेको बताए । ‘यो संविधानको धारा ७६ (२)को सरकारले विश्वासको मत प्राप्त गरेन भने स्वतः यो सरकारले विश्वासको मत प्राप्त गरेन भने संविधानको धारा ७६ (३) अनुसार संसदमा सबै भन्दा ठूलो दलको नेताले प्रधानमन्त्रीको नियुक्त पाउँछ । यहाँ यो सरकारले विश्वासको मत नपाउने वित्तिकै वा ७६ (२)को सरकार नबन्ने वित्तिकै वा असफल हुने वित्तिकै त्यो पाउँछ’ उनले भने ।
कांग्रेसले पाँच वर्षसम्म सरकारको विरोध गर्ने र सरकार ढाल्न लाग्ने भन्द ओलीले त्यसैकारण अहिलेको गठबन्धनको अन्तरविरोधमा खेल्न खोजेको आरोप लगाए ।
‘उहाँहरुको धन्दा अब पाँच वर्ष कुनै कुरामा होइन । यो सरकारको विरोध गर्ने कुरामा रहनेछ । यो सरकार ढाल्ने कुरामा रहनेछ । किनभने उहाँहरु च्याँखे थापेर बस्नु हुन्छ । २३ सिट हुँदा पनि विभिन्न शक्तिहरु, व्यक्तिहरुको प्रयासहरुबाट काँग्रेसले प्रधानमन्त्री लिएको थियो । अहिले पनि उसले यहाँभित्रको अन्तरविरोधमा खेलेर ढाल्न पायो भने फेरी पनि सरकारको नेतृत्व पाउँछ’ ओलीले भने, ‘विश्वासको मत पाएन भने यस्तो अवस्था आउँछ । यत्तिको राजनीति गरिरहेका अहिलेका दलहरु सभापतिहरुले त्यति संविधानको धारा नपढेको, त्यत्तिको नबुझेको छैनन् ।’
यसअघि धारा ७६ (२) अनुसारको सरकार निर्माण गर्ने बेलामा पनि कांग्रेसले झुक्याउन खोजेको ओलीले बताए । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको पुस १० को ५ बजेसम्मको समय गुजार्न कांग्रेसले प्रयास गरेको ओलीले दावी गरे । ‘नेपाली काँग्रेसले हामीलाई थाङनमा सुताउन खोज्छ । आउन यहाँ बसेर छलफल गरौं । ५ बजाऔं । त्यति भएपछि म प्रधानमन्त्री भईहाल्छु । अरु हेरेको हेर्यै गरौला न भनेर हामीलाई त छक्काउछ । छकाउन खोज्छ भने सबैतिर उसको धन्दा त्यही हो । हामी यस्तो कुरामा अल्झिनेवाल नै छैनौं ।’
ओलीले अहिलेको सरकार नेपालीले बलजफ्ती बनाएको सरकार भएको पनि जिकिर गरे । यसलाई सफल बनाउन र उपयुक्त ढंगले गाइड गर्ने पनि ओलीले बताए । ‘यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नसहोस् । यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरु दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् । हामी त्यो चाहन्छौं’ उनले भने ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply