प्रदेश–१ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की पक्का

२४ पुस,काठमाडौं । प्रदेश–१ मा नेकपा (एमाले) नेतृत्वको सरकार बन्ने पक्का जस्तै देखिएको छ । केन्द्रीय गठबन्धन जस्तै त्यहाँ एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलहरू मिलेर सरकार बनाउन लागेका हुन् ।
प्रदेश–१ सभामा एमाले सबैभन्दा ठूलो शक्ति हो । एमालेका ४० प्रदेशसभा सदस्य छन् । त्यहाँ कांग्रेस दोस्रो दल हो । कांग्रेसका २९ सांसद छन् । प्रदेश–१ मा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक प्रदेशसभा सदस्य छन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतको सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । त्यहाँ एमाले नेतृत्वको गठबन्धनमा ६० सांसद देखिन्छ । मुख्यमन्त्रीका लागि दलहरूको आ–आफ्नै दाबी थियो । तर, केन्द्रको निर्देशानुसार एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको स्रोतले जानकारी दियो । कार्की एमाले स्थायी कमिटी सदस्य समेत हुन् ।
माओवादी केन्द्रबाट मुख्यमन्त्रीका दाबेदार रहेका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले नेतृत्वमा सरकार बन्ने बताएका छन् । ‘मोटामोटी सहमति एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ । माथिबाट लिखित गर्न मात्र बाँकी छ’, उनले सुनाए । प्रदेश–१ मा आज बेलुका ५ बजेभित्र सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई समय तोकिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply