परमादेशी गठबन्धन ढाल्ने चुनावअघिको घोषणा सफल भयो : ओली
![परमादेशी गठबन्धन ढाल्ने चुनावअघिको घोषणा सफल भयो : ओली परमादेशी गठबन्धन ढाल्ने चुनावअघिको घोषणा सफल भयो : ओली](https://ebudhabar.com/wp-content/uploads/2023/01/oli.jpg)
२४ पुस,धुलिखेल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको बताउनुभएको छ ।
जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन आइतबार धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशी–विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको बताउनुभयो ।
ओलीले भन्नुभयो, हामीले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई परास्त गरेर नयाँ जनादेश बमोजिम सरकार बनाउँछौं भनेर चुनावमै भनेकै थियौं । त्यसलाई निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौं ।
अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै अझै पनि एमाले नेतृत्वको कम्युनिष्ट सरकार र पार्टी ढालेर कोर्ष करेक्सन गरेकोमा गर्व गरिरहेको टिप्पणी गर्नुभयो । नेपालले शनिवार आयोजित कार्यक्रममा आफ्नै अगुवाईमा केपी ओलीलाई ढालेर राजनीतिलाई सही दिशामा लगेको बताउनुभएको थियो ।
नेपालप्रति लक्षित गर्दै ओलीले भन्नुभयो , हिजोतिर एकजना नेताले एमालेले गलत दिशामा लगेको राजनीति सही बाटोमा ल्यायौं,दुईतिहाइको हैसियतप्राप्त कम्युनिष्ट पार्टी राष्ट्रिय शक्ति बन्नु गलत ट्रेण्ड थियो, त्यसलाई असंवैधानिक ढंगले अदालतबाट कोर्ष करेक्सन गर्यौं भनेछन् । माया लाग्यो त्यस्ता व्यक्ति देखेर, अझ आफूलाई वामपन्थी पनि भन्छन् । म नेता हो नेता, कार्यकर्ता होइन भन्छन् । त्यस्ता मान्छेले जनताको शक्तिलाई कमजोर गरेकोमा कोर्ष करेक्सन गरेको ठान्छन् । कठैबरा भन्न सकिन्छ, कठैबरा ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply