सांसदहरुले हस्ताक्षर गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया सुरु

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतका लागि संसदमा मत विभाजन सुरु भएको छ।
सबै दलका नेताहरुले बोलिसकेर प्रधानमन्त्री दाहालले जवाफ दिएपछि प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजन प्रक्रिया अघि बढाएका हुन्।
मत विभाजनका क्रममा सांसदहरुले हुन्छ र हुन्न भन्ने मत दिन पाउने भएका छन्। त्यसका लागि उनीहरुले आ-आफ्नो लवीमा पसेर हस्ताक्षर गर्नेछन्।
हस्ताक्षरमार्फत मत विभाजन हुन लागेको हो। प्रधामन्त्री प्रचण्डलाई संसदका साना ठूला सबै दलका २७४ सांसदको समर्थन रहेको छ।
यदि यी सबै सांसदले मत दिएमा प्रचण्डलाई अहिलेसम्मकै धेरै सांसदहरुको साथ मिल्नेछ। यद्यपि उनलाई नेपाली कांग्रेसलेसमेत साथ दिएपछि राष्ट्रिय सहमतिसहितको सरकारको नेतृत्व मिलेको छ।
यसअघि गत पुस ११ गते नेकपा एमालेसहितका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply