लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने एमाले र माओवादीको सहमति

२६ पुस,बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने समझदारी भएको छ ।
नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको बताए ।
दुबै दलका केन्द्रका शीर्ष नेताहरु बसेर आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको छ, तर रिटन (लिखित) हैन, बरालले भने ‘समझदारी अनुसार सुरुको साढे २ वर्ष एमालेले र त्यसपछिको साढे २ वर्ष माओवादी केन्द्रले नेतृत्व गर्नेछन् यसै अनुसार अघि बढ्ने हो ।
नेकपा एमाले संसदीय दलका नेता लिला गिरी निकटका एक नेताले पनि सरकारको नेतृत्व आलोपालो गर्ने केन्द्रमा सहमति भएको स्वीकार गरे ।
लुम्बिनी सरकारको नेतृत्वमा माओवादी केन्द्रले पनि दावी गर्दै आएको थियो । माओवादी केन्द्रले लुम्बिनीलाई ‘जनयुद्ध’को उद्गमस्थल र पार्टीको संगठन अन्य प्रदेशको तुलनामा राम्रो भएको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको थियो । लुम्बिनी प्रदेश सभामा एमालेका २९ जना र माओवादी केन्द्रका १० सांसद छन् ।
समझदारी अनुसार माओवादी संसदीय दलका नेता जोखबहादुर महरा साढे २ वर्षपछि मुख्यमन्त्री हुनेछन् ।
लुम्बिनीमा मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाएर दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते दिउँसो ४ बजेसम्मको समय सीमा दिएका छन् ।
आज मंगलबार नै बहुमत जुटाएर प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी भए पनि दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगो लगाएर भोलि (बुधबार) मात्रै दावी पेश गर्ने नेकपा एमालेका एक नेताले बताए ।
लुम्बिनीमा नेकपा एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा सरकारमा जान चाहेका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा जान चाहेको छ । अहिलेसम्म नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्रै प्रतिपक्षमा बस्ने प्रष्ट धारणा राखेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply