मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्रीले भनिन् : जनतामा पुर्याउने सेवा र सुविधा सहज बनाउँछु

३ माघ, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्याउने सेवा र सुविधालाई सहज बनाउने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छिन् ।
राष्ट्रपतिसँग शपथग्रहण लगत्तै मन्त्रालयमा पुगेर पदभार सम्हालेकी पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पुर्याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताइन् ।
जनतामा परराष्ट्र मन्त्रालयले पु¥याउने सेवा र सुविधालाई सहज बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । दोस्रो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य रहने छ, उनले भनिन् ।
विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदुतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने तीन प्राथमिकता रहेको पनि उनले बताइन् । उनले आफू नीति फेर्नेतिर नलाग्ने बताइन् ।
आफू आउनासाथ सबै नीति फेर्नेतिर लाग्दिन । नेपालको असंलग्न परराष्ट्रनीति अनुसार अघि बढ्ने हो, परराष्ट्रमन्त्रीले भनिन्, मान्छेपिच्छे हाम्रो परराष्ट्र नीति परिवर्तन हुनु हुँदैन । यति धेरै विज्ञहरु यहाँ हुनुहुन्छ । भइरहेका नीतिमा ग्याप छन् भने मिलाउँछौँ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply