वागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

३ माघ, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् । आज (मंगलबार) को प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् । उनलाई सदनमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टी बाहेक सबै दलका सांसदले विश्वासको मत दिएका छन् । प्रदेशसभामा ७ वटा राजनीतिक दलहरु रहेका छन् ।
उनलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा (एस) र हाम्रो नेपाली पार्टीका १०५ सांसदले विश्वासको मत दिएका थिए । मतदान प्रक्रियामा १०९ सांसदको उपस्थित थिए । उनको विपक्षमा ३ मत परेको थियो । प्रदेशसभामा कांग्रेस ३७, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ । सभामुख भुवन पाठक भने मतदान प्रक्रियामा सहभागी भएनन् ।
११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा पुग्ने थियो । जम्कट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । जम्कट्टेलले पुस २५ गते मुख्यमन्त्रीको शपथ लिएका थिए । मुख्यमन्त्रीमा शपथ ग्रहण गरेको ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासको मत पाएपछि नवनियुक्त मुख्यमन्त्री मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । हाल प्रदेशको मन्त्रिपरिषद् ३ सदस्यीय रहेको छ । मुख्यमन्त्रीले सभामुख, उपसभामुखको चयन प्रक्रिय सकिएपछि विश्वासको मत लिने तयारी गरेका कारण उनलाई गठबन्धनबाट विश्वासको मत लिन थप सहज भएको हो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply