सर्वदलीय बैठकमा ओली र लेखकबीच चर्काचर्की

३ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबीच चर्काचर्की परेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी ओली र कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच विवाद भएको हो ।
अध्यक्ष ओलीले कांग्रेसमाथि सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको आरोप लगाएपछि लेखकले उनको प्रतिवाद गरेका थिए । ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘सत्ता गठबन्धनमा तलदेखि माथिसम्म कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । तर सबैतिर विश्वासको मत दिइरहनु भएको छ । सत्ताको लागि नखेल्नुहोस् । तपाईँहरू त प्रतिपक्ष पनि बन्न सक्नुभएन ।
जवाफमा लेखकले आफूहरू प्रतिपक्ष नै रहेको स्पष्ट पारेका थिए । ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्ष नै हौँ । हामीले खेलिरहेका छैनौँ बरु राष्ट्रिय सहमतिको पक्षमा छौँ । संविधान बचाउन र मुलुकको आवश्यकताअनुसार विश्वासको मत दिएका हौँ,’ लेखकले जवाफ दिएका थिए ।
चर्काचर्कीपछि बैठक जारी रहेकै बेला अध्यक्ष ओली बैठक स्थलबाट बाहिरिएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply