सभामुखको उम्मेदवारीबारे निर्णय लिन देउवाले बोलाए पदाधिकारी बैठक

४ माघ, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । आज (बुधबार) बिहान ९ बजे देउवा निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाइएको कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने उनले जानकारी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो बोलाएको सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला र फरक दलको हुनुपर्नेछ । हिजोको सर्वदलीय वैठकमा आफूहरु प्रतिपक्षी भूमिकामै रहेर सभामुख पाए नछाड्ने स्पष्ट पारेको छ । हिजोको वैठकमा कांग्रेस नेता र नेकपा एमाले अध्यक्ष ओलीबीच भनाभन समेत भएको थियो । हिजोको वैठकमा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनमा फाटो ल्याउने मनसायले ढोक्से नथाप्न कांग्रेसलाई चेतावनी समेत दिएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply