उपसभामुखको निर्वाचन माघ ७ गते

५ माघ, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् ।
उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ ।
शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले पोखरामा गत आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त हुँदा चालक दलका चारसहित ७२ जनाको निधन भएको थियो । दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा मौनधारण गरिएको थियो ।
यसअघि आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमान दुर्घटनाका बारेमा सदनलाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ ७ गते शनिबार अपराह्न १ बजे बस्नेछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply