रास्वपाले जेठसम्ममा देशभर संगठन विस्तार गर्ने, प्रदेश समिति पुनर्गठन गर्दै

९ माघ, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो ।
पार्टीको निर्णयअनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरेको छ । माघ मसान्तभित्र प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी प्रदेश समितिहरुको पुनर्गठन गनै मिति र स्थान समेत तोकिएको छ ।
माघ १४ गते प्रदेश–१ को विराटनगरमा माघ १४ गते, मधेस प्रदेशको जनकपुरमा माघ १६ गते, वागमती प्रदेशको मकवानपुरमा माघ १८ गते, गण्डकी प्रदेशको पोखरामा माघ २१ गते, लुम्बिनी प्रदेशको दाङमा माघ २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ २८ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ २६ गते प्रदेश समतिहरु पुनर्गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै रास्वपाले केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल र केन्द्रीय लेखा आयोगको प्रमुखमा अभिषेक घिमिरेलाई नियुक्त गरेको छ । केन्द्रीय अनुशासन तथा आचरण समितिको प्रमुखमा डा. भरतमणि देवकोटा र सदस्यहरुमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने रहेका छन् । विवाद समाधान समितिको प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समितिको प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा नियुक्त भएका छन् ।
नीति तथा विचार विभागको प्रमुखमा डा. मुकुल ढकाल, अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा विपिनकुमार आचार्य, मानवीय विकास प्रवद्र्घन विभाग प्रमुखमा कुशुम महर्जन, प्रशिक्षण विभाग प्रमुखमा डा मुकुल ढकाल, संगठन विभाग प्रमुखमा कविन्द्र बुर्लाकोटी, उपप्रमुखमा विष्णुकुमार श्रेष्ठ र सचिवमा शंकर श्रेष्ठ नियुक्त भएका छन् ।
उत्पादन प्रवर्धन विभाग प्रमुखमा रामकृष्ण भट्टराई, विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखमा डा. अरनिको पाँडे, केन्द्रीय आरएटी संयोजन विभाग प्रमुखमा विष्णुकुमार श्रेष्ठ र सूचना तथा प्रविधि विभाग प्रमुखमा विपिनकुमार आचार्य नियुक्त भएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply