खानेपानी मन्त्रीले गरे पदभार ग्रहण , खुलाए तीन कारण

११ माघ, काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आज (बुधबार) पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले केही नयाँ काम गर्नका लागि आफूले चाहँदा–चाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताएका छन् । सरकार र पार्टीबीचको तारतम्य नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्ड, खानेपानी मन्त्रालयका सचिव र एक सांसदको आग्रहमा आफू मन्त्रालय सम्हाल्न बाध्य भएको बताएका छन् ।
मन्त्रालयको विषयमा पटक पटक प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको र उनको आग्रहमा आफूले मन्त्रालय सम्हालेको बताए । उनले थपे, ‘प्रधानमन्त्री प्रचण्डले काम गर्दिनुस्, राम्रो काम गर्नुभयो भने सरकार बलियो हुन्छ, सरकार काम गर्न सक्षम छ, जनतामा पुगेपछि अन्य कामहरु अगाडि बढाउन पनि सजिलो हुन्छ भनेका कारण मन्त्रालय सम्हाल्न राजी भएँ ।
खानेपानी मन्त्रालयका सचिवले पनि मन्त्रालयमा आउन पटक–पटक आग्रह गरेको उनले जानकारी गराएका छन् । मन्त्री खानले भने, ‘खानेपानीमा थुप्रै समस्या छन्, महत्वपूर्ण कामहरु छन्, त्यहाँका समस्याहरु समाधान गर्नुपर्ने देखिएका कारण मन्त्रालय आउनुस् मिलेर काम गरौं भनि सचिवले आग्रह गर्नुभयो, त्यसैले मन्त्रालय सम्हाल्न राजी भएँ ।
आफू केही गर्ने वाचाका साथ मन्त्रालयका सम्हाल्न आएको भन्दै मन्त्री खानले अनुशासित र इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन पनि दिएका छन् । उनले भने, राम्रो र इमान्दारीपूर्वक काम गर्नेको हरहमेसा मेरो साथ रहन्छ । अरु दायाँ–बायाँ गर्न पाइँदैन इमान्दारीपूर्वक काम गर्नेको साथमा म हुन्छु ।
उनले एक घर, एक धाराको व्यवस्था, १० हजार लिटर पानी निशुल्क, लिफ्टबाट पानी दिँदा बिजुली निशुल्क गर्ने जस्ता कार्यक्रम सरकारले नीति तथा कार्यक्रममा राखेको बताए । खानेपानी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरी आफूले काम गर्ने बताउँदै उनले गुणस्तरीय पानीको परीक्षणका लागि एउटा इकाई बनाएर अस्पताल र विमानस्थल लगायतका विभिन्न सार्वजनिक ठाउँमा पानी परीक्षणको व्यवस्था मिलाउने बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply