पहाडमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

१३ माघ, काठमाडौं । अहिले नेपालको मौसमी प्रणालीमा अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावद्द पनि रहेको छ ।
जसको प्रभावका कारण आज (शुक्रबार) पहाडी भेगमा बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले आज राति प्रदेश–१ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । तराईमा बिहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply