गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्दामा आज सुनुवाइ

१३ माघ,काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दाको सुनुवाइ आज (शुक्रबार) हुने भएको छ ।
यसअघि ११ माघ बुधबार सर्वोच्चको संवैधानिक इजलासले बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको तर्फबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरेका थिए । रिट निवेदक पक्षको बहस भने सकिएको थियो । रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका थिए ।
रिट निवेदक पक्षका वकिलले लामिछानेले नेपाली नागरिकताका लागि प्रक्रिया नपुर्याएको भन्दै उनी नेपाली नागरिक नभएको जिकिर गरेका थिए । आज दुवैतर्फका वकिलहरूका बहस सकिएपछि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्चले निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।
अमेरिकाको नागरिकता लिएपछि निष्क्रिय भइसकेको लामिछानेको नागरिकतालाई पुनः पक्रिया नपु¥याइ प्रयोग गरेको भन्दै अदालतमा मुद्दा दर्ता भएको थियो । रिट निवेदकका ५ वकिलले २३ पृष्ठको सामूहिक बहसनोट पनि इजलासमा बुझाएका छन्। बहसनोटमा रवि नेपाली भए पनि नेपाली नागरिक नभएको जिकिर गरिएको छ। गैरनागरिकले नागरिकलाई शासन गर्न नमिल्ने वकिलहरुको जोड छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, विष्णु लुइँटेल, अधिवक्ताहरु रमन कर्ण, समृत खरेल र निकिता ढुंगानाले सामूहिक रुपमा बहसनोट बुझाएका हुन् । उनीहरुले रवि नेपाली मूलका विदेशी भएको बताएका छन् । यस्तै रविले फौजदारी कसुर गरेको भन्दै उनीमाथि तत्काल निष्पक्ष छानबिनको समेत माग गरेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply