राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

१३ माघ, काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षको पद रिक्त भएको एक वर्षपछि निर्वाचन हुने भएको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११ः५९ बजेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले उपाध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन दिएका छन् ।
गत वर्ष फागुन २० मा शशिकला दाहालको राष्ट्रिय सभा सदस्यको चार वर्षीय कार्यकाल सकिएपछि राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त थियो । अब राष्ट्रिय सभाका सदस्यहरूमध्येबाट उपाध्यक्ष चयन हुनेछ ।
राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा एक वर्षदेखि उक्त पद रिक्त थियो । राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ मा उपाध्यक्ष निर्वाचनको व्यवस्था छ । जसको नियम १ मा भनिएको छ, ’उपाध्यक्षको निर्वाचन अध्यक्षले तोकेको दिन र समयमा हुनेछ ।
अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूबीच कसलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने भन्ने सहमति नभएकाले निर्वाचन मिति र समय नतोकेको बताउने गरेका थिए । हाल सत्ता गठबन्धनमा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको उपाध्यक्ष बनाउने सहमति भएको बताइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply