संसदले विजनेस नपाएको भन्दै प्रधानमन्त्रीलाई सांसदहरुको गुनासो

२३ माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सुझाव मागेका छन् । आज सोमवार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिलाई चलायमान बनाउने कुरामा छलफल गरेका हुन् ।
छलफलमा अधिकांश सांसदहरुले संसदले विजनेस नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग गुनासो राखेका थिए । छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयक संसदबाट पास गर्ने भन्नेबारेमा प्रमुख सचेतकहरूबाट सुझाव लिएका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्रीले संसद्को बिजनेस कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयकहरू लैजाने भन्नेबारेमा छलफल भएको जानकारी दिएका छन् । उनले संसद् अहिले प्रभावकारी नबनेको भन्दै संसद् भाषणको रमिता देखाउने कुरामै सीमित रहेको बताएका छन् । आफूले नागरिकता ऐन, सङ्घीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसद्को बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको सांसद यादवले बताए । हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा झण्डै २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले जनाएको उनले सुनाए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, विधेयकहरूलाई कसरी जनमुखी बनाउने, नागरिकका आवश्यकतालाई कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने, अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुरु भए पनि संसद्ले गर्ने कार्य सुखद नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाएको बताए । उनले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरूले संसद्लाई कसरी सुरु गर्ने भन्नेबारेमा छलफल गरेको बताए । संसद् सुरु भए पनि संसद्का प्राविधिक कुराहरूमा नै अहिलेसम्म अड्किएकाले अबका दिनमा संसद्लाई कस्तो बिजनेस दिने भन्नेबारेमा छलफल भएको उनको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसद्ले बिजनेस नपाएको र संसदमा विधेयकहरू अघि नबढिरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरूसँग सुझाव लिएको बताएका छन् । उनले सहजरूपमा सरकारले संसदमा विधेयकहरू पेस गर्नका लागि के कस्ता अप्ठ्याराहरू छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply