यती जहाज दुर्घटना : ककपिट भ्वाइस रेकर्डरले दियो इन्जिनमा समस्याको संकेत

२३ माघ, काठमाडौं । माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको यती एयरको प्रारम्भिक रिपोर्ट आएको छ ।
रिपोर्टअनुसार जहाज अवतरण गर्ने क्रममा जहाजका बेस लेगमा दुवै इञ्जिनका प्रोपेलरहरू फेदर गएको पाइएको छ । दुर्घटना जाँच आयोगले फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त ढल्–ब्ल्ऋ जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इञ्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको जनाएको छ ।
अतः उक्त जहाजका दुवै इञ्जिन प्रोपेलर फेदरमा किन गयो भन्ने बारेमा प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइ सकेको आयोगले जनाएको छ । दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्य सचिवहरूलाई पठाएको थियो ।
उक्त फ्लाईट डाटा रेकर्डर र भ्वाईस डाटा रेकर्डरको डाटाहरूको विश्लेषण गर्न आयोगको नेतृत्वमा TSIB Singapore, BEA France, TSB Canada, P & W Canada र EASA का प्रतिनिधिहरू समेतको सहभागितामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो । यसै सन्दर्भमा उल्लेखित सबै पदाधिकारीहरूबाट सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाईट र प्राविधिक पक्षहरूको थप अध्ययन पनि गरिएको थियो ।
दुर्घटना लगत्तै सरकारका पूर्वसचिव नगेन्द्र प्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो । आयोगमा सेनाका इ. उपरथी दीपक बाँस्तोला, वरिष्ठ क्याप्टेन सुनिल प्रधान र वरिष्ठ इन्जिनियर एकराज जंग थापा सदस्य तथा उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका थिए । उक्त दुर्घटनाग्रस्त जहाजमा ७२ यात्रु सवार थिए । त्यसमध्ये ७० जनाको शव भेटिए पनि अझै दुई जनाको फेला परेको छैन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply