लुम्बिनीका नव नियुक्त मन्त्रीहरूले लिए शपथ

२९ माघ, बुटवल । लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य जोखबहादुर महराले आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रकै इन्द्रजीत थारुले भौतिक पूर्वाधार विकासमन्त्री, नेकपा (एमाले)का विष्णुप्रसाद पन्थीले स्वास्थ्यमन्त्री, एमालेकै दुर्गाप्रसाद चौधरीले वन तथा वातावरणमन्त्री, सोह पार्टीका तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्थामन्त्री, राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकासमन्त्रीका रूपमा शपथ लिएका हुन् ।
एक महिना बिना विभागीय मन्त्रीका रूपमा रहेका एमालेका चेतनारायण आचार्यलाइ खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री र माओवादीका कृष्ण केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई शपथग्रहण गराए । आइतबार दिउँसो १ बजेका लागि तय गरिएको शपथ कार्यक्रम हावाहुरीले गर्दा करिब दुई घण्टा ढिलो भएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply