तत्काल सरकारमा नजाने रास्वपाको निर्णय

१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने बताएको छ ।
पार्टी कार्यालय, बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, थप सहमति नभएकाले सरकारमा जाने बचन दिएका छैनौं । नयाँ सहमति भयो भने सरकारमा जाने हुनसक्छौं ।
गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन । पछिल्लो पटक उच्चस्तरीय राजनीतिक समितिको बैठकमा रास्वपाले चितवन २ मा उपचुनावको उम्मेदवार माग गरेको थियो भने सत्तारुढ दलका नेताहरुले सरकारमा आउन आग्रह गरेका थिए ।
चितवन २ मा आगामी १० वैशाखमा उपचुनाव हुने तय भएको छ । सोमबारको बैठकले उपचुनाव घोषणाको स्वागत गरेको छ र, चुनावमा जान तयार रहने निर्णय गरेको छ ।
सहमहामन्त्री बुर्लाकोटीका अनुसार चितवन २ को उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय भएको छैन, तर सभापति रवि लामिछाने आफैं उम्मेदवार हुनेमा कुनै विवाद छैन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply