नामिबियाले नेपाललाई दियो २८६ रनको लक्ष्य

२ फागुन, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ लक्ष्य दिएको छ । नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको हो ।
नामिबियाका माइकल भानले १३३ रन बनाएर आफ्नो टिमलाई उच्च स्कोरमा पुर्याउन सफल भए । नेपालका लागि करण केसी एक्लैले ५ विकेट र सन्दीप लामिछानेले ३ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजदेखि सुरु आइसिसी विश्वकप क्रिकेट लिग– २ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
नेपालले आफ्नो दोस्रो खेल स्कटल्यान्डसँग फागुन ५ गते खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर अंकतालिकाको छैटौँ स्थानमा रहेको छ । यता नामिबिया ३० खेलमा ३७ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।
यसैगरी, स्कटल्यान्ड ३२ खेलमा ४६ अंकसहित शीर्ष स्थानमा छ भने ओमान ३६ खेलमा ४४ अंकसहित दोस्रो स्थानमा छ । ३६ खेलमा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा भने पाँचौँ स्थानको युएईको २६ खेलमा २७ अंक छ । सातौँ स्थानको पपुवान्युगिनीको २८ खेलमा पाँच अंक छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply