ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित विमानस्थलबाट ६ जना पक्राउ

२ फागुन, काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरोले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिबन्धित लागूऔषध २० हजार ३ सय एम्पुल र १२ हजार ९ सय ५० नाइट्राभेट ट्याव्लेटसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
काठमाडौं महानगर–१६ स्थित दलाछी टोलमा रहेको सोलुखुम्वु घर भएका लाक्पा शेर्पाको डेराबाट उक्त नियन्त्रित लागूऔषध र ४ लाख १७ हजार नगद बरामद गरिएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए ।
शेर्पालाई पक्राउ गरी थप अनुसन्धान गर्दा भारत घर भएका फैज अहमद, धनुषाका अयान रेजा, जाकिर नदाफ, काभ्रेका दिपक तामाङ र नुवाकोटका लक्ष्मण बखतीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
ब्युरोले त्रिभुवन विमानस्थलबाट थाई एयरलाइन्सको उडानद्वारा थाइल्याण्ड जान लागेका चार जना थाई नागरिकलाई चेकजाँच गर्ने क्रममा २३ किलो ८ ग्राम लागूऔषध चरेशसहित पक्राउ गरिएको ब्युरोका प्रमुख खनालले बताए । त्यस्तै ब्युरोले काठमाडौंको सिनामंगलबाट ३९ ग्राम खैरो हिरोइन सहित रोशन रिसाल र अमित श्रेष्ठलाई पक्राउ गरेको छ । १२ ग्राम खैरो हिरोइनसहित कोटेश्वरबाट एक जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply