मुस्ताङबाट पोखरा जाँदै गरेको बस कालिगण्डकी नदीमा खस्यो

३ फागुन, मुस्ताङ । मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित धम्पु सडकबाट कालीगण्डकी नदीमा खसेको छ । जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको म्याग्दी कोरला यातायात प्रालिको बस आज (बुधबार) बिहान ८ः३० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।
बसमा सवार १७ जना यात्रुमध्ये चार जना गम्भीर घाइते भएका छन् । अन्य यात्रु भने सामान्य घाइते छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिएका छन् ।
गम्भीर घाइते यात्रुलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने सामान्य घाइते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी ) पोडेलले जानकारी दिए ।
बस दुर्घटनाको सूचना भएसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार तामाङसहित १५ जना र लेते प्रहरी चौकीबाट पाँच जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्दारमा खटिएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply