यातायात मजदुरकाे प्रदर्शनका क्रममा प्रहरी विट र गाडी जलाउने ६ जना पक्राउ

३ फागुन, काठमाडौं । माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जना पक्राउ परेका छन् । सोमबार माछापोखरीमा यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीको दुईवटा भ्यान आगजनी गर्ने ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा उदयपुर बलमता गाउँपालिका- २ घर भई हाल काठमाडौंको मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोटका घर भई हाल बानियाटार बस्ने ३० वर्षीय रामहरी भण्डारी, लमजुङ घर भई माछापोखरी बस्ने २३ वर्षिय विवेक श्रेष्ठ, काभ्रेपलान्चोकका ३१ वर्षिय राजेश तामाङ, २० वर्षीय आशिष खड्का र प्युठान घर भई गोंगबु बस्ने १८ वर्षिय दिपेन्द्र पुन मगर रहेका छन् ।
उनीहरुलाई विभिन्न सामाजिक सञ्जालहरूमा पोष्ट गरीएका भिडियोहरूको आधारमा हुलिया पहिचान गरी मंगलबार बालाजु माछापोखरीबाट पक्राउ गरिएकाे हाे ।
उनीहरुले प्रहरी वृत्त बालाजु, काठमाडौंबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिएर गएको प्रहरी वृत बालाजुको बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडीमा आगजनी गरेका थिए ।
गाडीमा आगजनी गर्दा गाडी भित्र रहेको मोटोरेला वेस सेट थान-१, फायर स्ट्रिङ्गुईजर थान-१, मेगा फोन थान-१ लगायतका जिन्सी सामनहरू पूर्ण रुपमा जल नष्ट भएको र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी भित्र रहेको हाईटेरा वेस सेट थान-१, फायर स्ट्रिङ्गुईजर थान-१, मेगाफोन थान-१ समेत जली पूर्ण रुपमा नष्ट भएको थियाे ।
माछापोखरी प्रहरी विटमा समेत प्रदर्शनकारीहरूले ढुङ्गामुढा तथा आगजनी गर्दा सो विट र विट भित्र रहेको हाईटेरा ह्याण्ड सेट चार्जर थान-२, व्याट्री थान-२ पूर्ण रुपले जली नष्ट पुगेको जिल्ला प्रहरी परिसर काठमाडाैंका एसपी दिनेश मैनालीले बताए । साथै ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गर्दा उक्त ट्राफिक आईल्याण्ड र त्यहाँ रहेको नेपाल टेलिकमको ट्रेलर मेसिन समेत जलेकाे थियाे ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट दिन ३ म्याद थप गरि अनुसन्धान भइरहेकाे एसपी मैनालीले बताए ।साथै उक्त घटनामा संलग्न संदिग्ध ९/१० जना अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानविन कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply