बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

१० फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीसँग छलफलका लागि गठबन्धनका अन्य नेताहरु पनि बालुवाटार जाने बताइएको छ ।
उनीहरुबीच एक्ला–एक्लै वार्ता शुरु भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । उनीहरूले आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा निर्णय लिनेगरी छलफल गर्न लागेको स्रोतले बताएको छ ।
प्रधानमन्त्रीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताहरु पनि बालुवाटार जाने तयारीमा रहेका बुझिएको छ ।
गठबन्धनमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा विवाद देखिएको छ । विशेषत प्रधानमन्त्री प्रचण्ड एमालेलाई राष्ट्रपति नदिने पक्षमा देखिएका छन् भने एमालेले पूर्व सहमति अनुरुप राष्ट्रपति पाउनुपर्ने अडान राखेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply