राष्ट्रपति नपाए एमाले सरकारमा बस्दैन : भट्टराई

११ फागुन, रुकुम । नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० को सहमति पालना नभए नेकपा एमाले सरकारमा नबस्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले सहमति पालना हुने कुरामा एमाले विश्वस्त रहेको र यदि नहुने अवस्था आए सरकारमा नबस्ने बताए । उनले पुस १० मा एमालेले राष्ट्रपति पाउने स्पष्ट सहमति रहेको पनि दाबी गरे ।
उनले त्यहि सहमति अनुसार सत्ता समीकरणभित्रबाट राष्ट्रपतिमा एमालेको उम्मेदवार हुनुपर्ने उनदे दावी गरे । पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको बताउँदै उनले भने, सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिले पनि सहमति अनुसार नै सत्ता समीकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।
उनले यदि सहमति विपरित हुने अवस्था आएमा एमाले सरकारबाठ बाहिरिने स्पस्ट पारे । ‘एमालेले दुई वटा डुंगामा खुट्टा हाल्दैन, १० गतेको सहमति कार्यान्वन भयो भने हामी सरकारमा रहन्छौं, १० गतेको सहमति कार्यान्वयन भएन भने हामी कसरी सरकारमा रहन्छौं ? उनले प्रश्न गरे ।
उनले एमाले पनि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै उनले कांग्रेसले पनि एमालेको उम्मेदवारमा सहमति जनाउनु पर्छ, त्यसो भएन भने कांग्रेसले आफ्नो उम्मेदवार उठाएर राष्ट्रपतिको चुनावमा जान सक्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply