लिग टु सिरिज विजेता क्रिकेट खेलाडीलाई सरकारले जनही २ लाख दिने
![लिग टु सिरिज विजेता क्रिकेट खेलाडीलाई सरकारले जनही २ लाख दिने लिग टु सिरिज विजेता क्रिकेट खेलाडीलाई सरकारले जनही २ लाख दिने](https://ebudhabar.com/wp-content/uploads/2023/02/cricketer-prachanda1_i5kbfg5W8Y.jpg)
११ फागुन, काठमाडौं । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भएको सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले खेलाडीको पुरस्कार रकम घोषणा गरेका हुन् ।
छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ । यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो । यस पटक सबै खेल जितेर तपाईहरुले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भुमिका खेल्नुभएको छ । हामी नेपाल सरकारको तर्फबाट प्रेरणास्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छु’ खेलाडीहरुसँग प्रधानमन्त्री प्रचण्डले भने ।
गत हप्ता त्रिवि क्रिकेट मैदानमा भएको नामिबिया र स्कटल्याण्डविरुद्धको चार खेलको शृंखला नेपालले क्लिनस्वीप गरेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएईमा हुने सिरिजका लागि नेपाली टोली १३ फागुनमा त्यसतफ जाँदैछ । नेपालले पहिलो खेल १५ फागुनमा पपुवा न्युगिनीसँग खेल्नेछ ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न युएई जाने खेलाडीलाई शुभकामना दिएका छन् । ‘तपाईंहरुले एउटा रेकर्ड बनाउनु भएको छ, त्यसका लागि म तपाईंहरुलाई बधाई दिन्छु, प्रचण्डले भने, चारमा चार खेल जितेर नेपाली जनताको शीर ठाडो बनाउन एउटा भूमिका खेल्नु भएको छ ।
प्रचण्डले आफूले सरकारमा रहँदा पनि र नरहँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिने गरेको बताए । अहिले खेलकुदको शारीरिक तन्दुरुस्तीका लागि मात्र नभएर देशको प्रतिष्ठा र कुटनीतिक सम्बन्ध बिस्तारमा पनि योगदान रहने भन्दै प्रचण्डले सरकारले खेलकुदलाई उच्च महत्व दिने बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply