राष्ट्रपति निर्वाचनमा कांग्रेस–एमाले सहकार्य हुन सक्छ : ज्ञवाली
![राष्ट्रपति निर्वाचनमा कांग्रेस–एमाले सहकार्य हुन सक्छ : ज्ञवाली राष्ट्रपति निर्वाचनमा कांग्रेस–एमाले सहकार्य हुन सक्छ : ज्ञवाली](https://ebudhabar.com/wp-content/uploads/2023/02/Pradeep-Gyawali-.jpg)
१२ फागुन, पाँचथर । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेको सहकार्य हुनसक्ने बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा आज (शुक्रबार) पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । मुलुकमा स्थिरता र भूराजनीतिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य हुने चर्चा गर्दै ज्ञवालीले कांग्रेस सकारात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना यथावत रहेको बताए ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाटो बिराएको समेत ज्ञवालीले टिप्पणी गरेका छन् । कांग्रेस–माओवादीबीचको तत्कालीन गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन तत्पर नभएपछि एमालेले उद्धार गरेर प्रधानमन्त्री बनाइएका दाहालले सहमति विपरीत एमालेलाई राष्ट्रपति पदमा अस्वीकार गरेकोमा आफूहरु सशंकित भएको उनको भनाइ थियो ।
मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम आए लगत्तै एमालेले औपचारिक रुपमा कांग्रेससँग देशको हितका पक्षमा छलफल गर्न चाहे पनि कांग्रेस नेताहरुले अस्वीकार गर्दा माओवादीलाई साथ दिएको उनले बताए । आन्तरिक र बाहृय चलखेल, आर्थिक मन्दी र स्थायित्वका लागि कांग्रेस–एमालेको सहकार्य जरुरी रहेको भन्दै ज्ञवालीले कांग्रेसले एमालेसँग छलफलमा आए राष्ट्रपति निर्वाचनमा सघाउने सम्भावना यथावत रहेको उनको भनाइ थियो ।
एमालेले सुरु गरेको ‘ग्रास रुट अभियान’ को तयारी स्वरुप एमाले पाँचथरले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन पाँचथर आइपुगेका हुन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply