राप्रपा सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता लिने
१३ फागुन,काठमाडौं । राप्रपा सरकारबाट बाहिरिने भएको छ । राप्रपाको भर्खरै बसेको बैठकले यस्तो निर्णय गरेको नेता बुद्धिमान तामाङले जानकारी दिए । उनका अनुसार राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेछ । राष्ट्रपति निर्वाचनको मुखमा सत्ता समीकरणमा फेरबदल आएसँगै राप्रपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।
शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपा प्रवक्ता श्रेष्ठले भने, ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं ।
हिजो मात्र राप्रपाले आसन्न राष्ट्रपति निर्वाचनमा कसैको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको थियो । अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी थियो ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply