एमालेको सचिवालय बैठक जारी
![एमालेको सचिवालय बैठक जारी एमालेको सचिवालय बैठक जारी](https://ebudhabar.com/wp-content/uploads/2023/02/uml-sachiwalaya-26-magh-1.jpg)
१३ फागुन, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । केही बेरअघिबाट च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक शुरु भएको हो । बैठकमा फेरिएको राजनीतिक समीकरण तथा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तयलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
त्यस्तै सत्ता सहयात्री दल माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारमा बस्ने वा नबस्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । आठ दलबीच कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति जिताउनेबारे शुक्रबार भएको सहमतिको विषयलाई लिएर छलफल गर्न एमालेले शनिबार बिहान सचिवालय बैठक बोलाएको हो ।
सत्तासीन एमालेले भने राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रचण्डको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाएर मुलुकलाई अस्थिरतातर्फ धकेलेको एमालेको आरोप छ । आजको बैठकले राष्ट्रपतिमा उम्मेदवार दिने/नदिने, सरकारमा रहने/नरहने भन्नेबारेमा समेत ठोस निर्णय गर्ने बताइएको छ ।
फागुन २५ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ । पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए । यो गठबन्धनमा माओवादी केन्द्र, जसपा, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी थिए । राष्ट्रपतिको निर्वाचनको लागि यो गठबन्धनबाट माओवादी केन्द्र, जसपा, नाउपा, जनमतले गठबन्धनबाट हात झिकेका छन् । कांग्रेससहित पुरानो पाँचदलीय गठबन्धन ब्युँतिएको छ । योसँगै प्रधानमन्त्री प्रचण्डले एमाले नेतृत्व गठबन्धन तोडेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply