पल शाहको मुद्दामा उच्च अदालत पोखरामा आज सुनुवाइ हुँदै

१४ फागुन, काठमाडौँ । अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सफाइ माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज (आइतबार) सुनुवाइ हुँदैछ ।
नाबालिग बलात्कारको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ । उक्त फैसलाविरुद्ध सफाइ पाउनु पर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन दिएका हुन् । उता सरकारी वकिलले पनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालतमा रिट निवेदन हालेका छन् । आज दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्ने भएको छ ।
पलका अधिवक्ता कमलामोहन वाग्लेले आफूहरू पेसी सार्ने पक्षमा नरहेको बताएका छन् । पल शाह अहिले तनहुँ जिल्ला कारागारमा छन् । तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ । २०७८ फागुन ११ गते उनीविरुद्ध जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो । त्यसको चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहले आत्मसमर्पण गरेका थिए । पछि नवलपुर जिल्लामा पनि जाहेरी परेको थियो । तर फैसला नवलपुर अदालतले पहिले गर्यो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply