जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु

२४ फागुन, सिरहा । सिराहाको गोलजबरा नगरपालिका–३ जमदह चुरे क्षेत्रको जंगलमा होलीको अवसरमा साथीहरुसँग वनभोज खान गएका एक युवकको जंगली हात्तीको आक्रमणमा परी ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार जंगली हात्तीको आक्रमणमा गोलबजार नगरपालिका–३ जमदह पुराण्डीका रवि मुसहरका छोरा करिब २२ वर्षीय देवप्रसाद सदाको मृत्यु भएको हो ।
खानेकुरा पकाएर खाने क्रममा मंगलबार अपरान्ह्र करिब ४ बजेतिर उत्तरतिरबाट आएको दुईवटा हात्तीको समूहले आक्रमण गरेपछि सदाको घटनास्थमै मृत्यु भएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्राज पाण्डेले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार हात्ती देखेपछि अन्य भाग्न भ्याए पनि सदा भाग्न नभ्याउँदा आक्रमणमा परी मृत्यु भएको हो । घटनास्थलबाट भागेका युवाहरुले घटनाको जानकारी दिए लगत्तै स्थानीय बासिन्दा र प्रहरी मिलेर हात्तीलाई जंगलतिर लखेटेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक सूर्य ढकालको कमाण्डमा १२ जना प्रहरीको संयुक्त टोलीले एम्बुलेन्समा राति करिब साढे १० बजेतिर शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पअताल ल्याएको छ ।
मंगलबार अपरान्ह हात्तीको आक्रमणमा युवकको मृत्यु भए लगत्तै राति पुनः हात्तीको आक्रमणमा स्थानीय मुनिलाल घिसिङको घरमा क्षति पुगेको गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिएका छन् । वडाध्यक्ष मोक्तानका अनुसार उनको घरमा भएको क्षतिको विषयमा बुधबार बिहान प्रहरी समेतको सहयोगमा स्थलगत अनुगमन गरिँदैछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply