राष्ट्रपति चयनका लागि आज मतदान

२५ फागुन, काठमाडौं । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ । मतदान बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।
मतदानका लागि संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र रहेको छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्थापन गरिएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा सदस्य (२७५ जना), राष्ट्रिय सभा सदस्य (५९ जना) र ७ वटै प्रदेश सभाका सदस्य (५ सय ५०) गरी ८ सय ८४ जना मतदाता रहेका छन् । निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल प्रतिष्पर्धामा छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने तयारी रहेको छ । नतिजा सार्वजनिक हुने बित्तिकै नेपालले चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउने छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply