सभामुख घिमिरे आज बहराइन जाँदै

२६ फागुन, काठमाडौँ । सभामुख देवराज घिमिरे आज (शुक्रबार) बहराइन जाने भएका छन् । आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औं बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन जान लागेका हुन् । सभामुखमा निर्वाचित भएपछि उनको पहिलो विदेश भ्रमण हो ।
नौं सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ जान लागेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । उनका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।
सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply