उपराष्ट्रपतिबारे निर्णय लिन एमालेको सचिवालय बैठक बस्दै

२७ फागुन,काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक आज बिहान पार्टी कार्यालय च्यासलमा बस्ने छ ।
चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । उपराष्ट्रपतिको उम्मेदवार तय गर्न दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
बिहीबार भएको राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार सुबास नेम्वाङलाई पराजित गर्दै रामचन्द्र पौडेल निर्वाचित भएका छन् । कानुनी व्यवस्था अनुसार खसआर्य तर्फका पुरुषले भने उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् । राष्ट्रपतिमा पुरुष निर्वाचित भएकाले जुनसुकै समुदायका महिलाले भने उम्मेदवार दिन पाउने छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply