राष्ट्रपति पौडेलको शपथ आज
२९ फागुन, काठमाडौं ।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।
राष्ट्रपतिको कार्यालयले पौडेलको शपथको समय दिउँसो १ बजेको लागि निर्धारण गरेको छ।
राष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहणको तयारी गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
नवनिर्वाचित राष्ट्रपति पौडललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने कार्यक्रम छ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।
हाल सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन भएकाले पौडेलले कामु प्रधानन्यायाधीश समक्ष सपथ ग्रहण गर्न लागेका हुन्।
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए।
३३ हजार आठ सय दुई मतभार प्राप्त गरी पौडेल विजयी हुँदा नेम्वाङले १५ हजार पाँच सय १८ मतभार मात्रै प्राप्त गरेका थिए।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ।
संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ। नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ। त्यसैगरी दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने व्यवस्था पनि संविधानमा गरिएको छ।
गणतन्त्र स्थापनापछि मुलुकले डा.रामबरण यादवलाई पहिलो राष्ट्रपति पाएको थियो। हालकी राष्ट्रपति विद्यादेवी भण्डारी दुई कार्यकाल मुलुकको राष्ट्रपति बनिन्।
दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीको आजै बिदाइ हुँदैन। आफ्नो कार्यकालको अन्तिम दिन आइतबार भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी छन्। ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply