सरकारले हटायो दुई वर्षे श्रम स्वीकृतिको प्रावधान

१ चैत, काठमाडौ । सरकारले वैदेशिक रोजगारीमा जानेलाई दिइने दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । यसअघि दिइँदै आएको २ वर्षे म्यादको श्रम स्वीकृतिलाई बढाएर रोजगारदाता र श्रमिकबीच भएको सम्झौता र गन्तव्य मुलुकबाट प्राप्त कार्यअनुमति सम्झौताको अवधि जति नै अवधि तोकी श्रम स्वीकृति प्रदान गरिने भएको छ ।
श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस्तो निर्णय गरेका हुन् । दुई वर्षको लागि मात्रै श्रम स्वीकृति दिँदा वैदेशिक रोजगारीमा जानेले कार्य अवधि र भिसाको म्याद बाँकी हुँदै श्रम स्वीकृतिको लागि स्वदेश फर्किनु पर्ने बाध्यता थियो ।
यस्तै विदेशमै बस्नेले पनि श्रम स्वीकृतिको अवधि नघाई बस्नुपर्ने अवस्था थियो । यो बाध्यताको हल गर्न भन्दै सरकारले भिसा र रोजगारदातासँगको सम्झौताका आधारमा श्रम स्वीकृति दिने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिएका छन् ।
श्रम स्वीकृतिको म्याद सकिएका कारण विदेशमा मृत्यु भएका धेरैका परिवारले आर्थिक राहत र बिरामी परेकाले आर्थिक सहायता समेत पाउन सकेका थिएनन् । उनीहरु यो सुविधाबाट वञ्चित नहोऊन् भनेर सरकारले पुनः श्रम स्वीकृतिको लागि विदेशबाटै लिनसक्ने व्यवस्था गर्ने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै सरकारले गन्तव्य मुलुकका कूटनीतिक नियोगहरुबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था समेत गरेको छ । त्यसका लागि विदेशबाटै शुल्क जम्मा गर्न सकिने र अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाई रहेको मन्त्रालयले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply