मुख्यमन्त्री हिक्मत कार्कीको गाडी तोडफोडको प्रयास

६ चैत, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । सोमबार दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो ।
प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा सोमबार सिद्धिचरण नगरपालिका- ११ मिलन चोकमा मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास भएको हो । प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध नाराबाजी पनि गरेका थिए ।
आइतबार विराटनगरमा करिब पाँच हजार प्रदर्शनकारी भेला भएर पहिचानको आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप पनि भएको थियो ।
चैत ४ गतेयता ओखलढुंगा रहेका मुख्यमन्त्री कार्की सोमबार सिद्धिचरण नगरपालिका– २ मा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा सिद्धिचरण नगरपालिका ११ मिलन चोकमा भेला भएका प्रदर्शनकारीले सवारी रोकेर तोडफोडको प्रयास गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय ओखढुंगाका डीएसपी दीपकबहादुर केसीले प्रदर्शनकारीले मुख्यमन्त्रीको सवारीलाई अवरोध गर्न खोजेपछि प्रहरीले हटाएको बताए ।
मुख्यमन्त्रीको सवारीमा कुनै क्षति नभएको बताउँदै उनले आन्दोलनकारीलाई प्रहरीले सामान्य बल प्रयोग गरेर हटाएको बताए । मुख्यमन्त्रीको सवारीका क्रममा आन्दोलनकारीले गाडी अगाडि आएर रोक्न खोजे, हामीले हटायौं, उनले भने, सवारी साधनमा क्षति भएको छैन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply