रवि लामिछानेविरुद्ध पासपोर्ट मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानीको कसुरमा मुद्दा नचलाउने निर्णय भएको छ ।
महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सञ्जीव रेग्मीका अनुसार लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय सदर भएको छ ।
यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो । सोही आधारमा सरकारी वकिलले लामिछानेविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेको थियो ।
जिल्लाको सो निर्णय उच्च सरकारी वकिल कार्यलय पाटनमा जानकारी गराइएको थियो । उच्चले समेत लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै महान्यायाधिवक्ता कार्यालयमा पत्राचार गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा दायर गर्नु नपर्ने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply