प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवा जेल चलान

१३ चैत,काठमाडौँ । काठमाडौंको थापागाउँमा गत चैत ७ गते आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्नै तीन जना युवा जेल चलान भएका छन् ।
प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएकोमा जिल्ला प्रशासन कार्यालयले जनही ५–५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का जेल चलान भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले मागेको जनही ५ हजार धरौटी तिर्न नसकेपछि उनीहरु तीनै जनालाई आइतवार नै डिल्ली बजार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । मागिएको धरौटी तिर्न अस्वीकार गरेपछि उनीहरु जेल चलान भएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । जेल चलान भएपछि अहिले उनीहरुको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालत दर्ता गरिँदैछ ।
चैत ७ गते प्रचण्ड उक्त कार्यक्रमका लागि हलमा छिर्ने बित्तिकै ती युवाले ‘गरिबमारा’ भन्दै नारा लगाएका थिए । प्रचण्डविरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिँदा मुख थुनेको थियो । जसको चर्को आलोचना भयो । उनीहरुले ‘गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर, नालायक सरकार होसियार, मिटर ब्याज ब्याक गर, युवाहरुलाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाएका थिए ।
प्रचण्डको चर्को आलोचनासहित नाराबाजी गरेपछि प्रहरीले मुख थुन्दै उनीहरुलाई कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो । उनीहरुलाई नारा लगाउन रोक्न प्रहरीले मुख थुनिदिएको थियो भने लछारपछार पार्दै पार्टी प्यालेसबाट बाहिर निकालेको थियो । त्यसपछि प्रचण्ड केहीबेर भाषण गरेर त्यहाँबाट बाहिरिएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply