एसईई परीक्षामा पाँच लाख १६ हजार विद्यार्थी सहभागी हुँदै

१५ चैत, काठमाडौं । शुक्रबारबाट शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् ।
पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन् । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ ।
यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी रहेको छ । दुई लाख ६० हजार ६७४ छात्र र दुई लाख ५५ हजार ९१७ छात्रा परीक्षामा सहभागी हुने श्रेष्ठले जानकारी दिएका छन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको नियन्त्रक श्रेष्ठले बताए । उनले भने, उत्तरपुस्तिका हरेक परीक्षा केन्द्रमा पुगेको छ, प्रश्नपत्र केन्द्रको नजिक रहेको सुरक्षा केन्द्रमा पुगेको छ ।
पनिकाका अनुसार सबैभन्दा धेरै विद्यार्थी तथा परीक्षा केन्द्र बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । बागमती प्रदेशमा ४३४ परीक्षा केन्द्र र एक लाख ६ हजार ९५९ विद्यार्थी छन् । सबैभन्दा कम रहेको कर्णालीमा १७९ परीक्षा केन्द्र र परीक्षार्थी ४१ हजार ३२९ रहेको बोर्डले जनाएको छ ।
त्यसैगरी, कोसी प्रदेशमा ३७८, मधेसमा २७९, गण्डकीमा २२३, लुम्बिनीमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र तय गरिएको छ । अघिल्लो वर्षको एसइईमा देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन भरेकामा चार लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply