सरकारलाई संसदीय गरिमा सम्झाउँदै एमालेले माग्यो ‘रुलिङ’

१५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै एमाले सांसद रघुजी पन्तले मन्त्रीको व्यस्तताले संसदको कार्यसूची नै परिवर्तन भएको भन्दै सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएका हुन् ।
उनले प्रधानमन्त्री माओवादी केन्द्रको रहेको र माओवादीको राजनीतिक दस्तावेज पढ्दा कहीँ पनि संसदीय व्यवस्था स्वीकार गरेको नदेखिएको भन्दै संसदीय व्यवस्था नस्वीकारे कै कारण संसद्को मर्यादा बढाउन चासो नगएको हो कि भन्ने आशंका व्यक्त गरे ।
सरकारको अकर्मण्यताकै कारण आज संसदप्रति विभिन्न टिकाटिप्पणी हुन थालेको उनको भनाइ छ । पन्तले संसद्लाई प्रभावकारी बनाउने, समयमा विधेयक प्रस्तुत गर्ने लगायतका काम प्रधानमन्त्री र मन्त्रिपरिषद्को भएकाले संसदीय गरिमा कायमका लागि सरकारलाई रुलिङ गर्न माग गरे ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply