मन्त्रिमण्डल आजै विस्तार गरेर शपथ गराउने लक्ष्य छ : प्रधानमन्त्री

१६ चैत, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिमण्डल विस्तार गर्ने लक्ष्य रहेको बताएका छन् । मन्त्रिपरिषद विस्तार गरेर आजै शपथ ग्रहण गराउन लागेको उनले बताए । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजधानी फर्किएपछि मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने बताए ।
यहाँबाट फर्केर आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’ उनले भने, तर, काम हाम्रो सकिएको छ, एक–दुई वटा मन्त्रालयको मात्रै मिलाउन मात्रै बाँकी हो । आज सकिएन भने भोलि बिहान होला ।
प्रधानमन्त्री प्रचण्डले मुलुकको राजनीतिक स्थायित्वका लागि सबैलाई मिलाएर लैजान आफूले पुरै तागत लगाएको बताएका छन् । आफूले राजनीतिक निकासका लागि संकल्पको जिम्मेवारी बोकेर प्रधानमन्त्री बनेको बताए । ‘नेपालको राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिने नयाँ संकल्पसहित यो पटक म प्रधानमनत्रीको जिम्मेवारीमा छु, उनले थपे, मलाई विश्वास छ, अब राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्ने छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply