बारा–२ मा एमालेबाट पूर्वमन्त्री पौडेल उम्मेदवार

२० चैत, बारा । बारा–२ को उपनिर्वाचनका लागि नेकपा एमालेले आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी सचिवालय बैठकले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको नाम उम्मेदवारका रूपमा टुंग्याएको मधेश प्रदेशका सांसद तथा एमाले प्रदेश सह–इञ्चार्ज अच्युत मैनालीले जानकारी दिए ।
पौडेल ०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका थिए । २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए । प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर– २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने भएको छ । जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेवार बनाउने तयारी गरेको छ ।
यसअघि बारा–२ बाट एमालेको सहयोगमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । जसपा संसदीय दलको नेता बनेका उनलाई उपराष्ट्रपति बनाएर जसपा अध्यक्ष आफैं त्यही क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा छन् । बारा –२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । बारा– २ मा कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले पनि यादवलाई नै सघाउने निर्णय गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply