रविविरुद्धकाे राहदानी मुद्दाको सुनुवाइ न्यायाधीश सिन्हाको एकल इजलासमा

२१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर आज (मंगलबार) न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ । उक्त रिट पेसी सूचीको नवौं नम्बरमा छ ।
अधिवक्ता युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै पौडेलले रिट हालेका हुन् । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।
सोमबार दायर रिटमा लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरी कसुर गरेको जिकिर गरिएको छ । यसअघि, सांसद पदको योग्यतासम्बन्धी रिटमा लामिछानेले आफूले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरेको स्वीकार गरेका थिए ।
राहदानी प्राप्त गर्दा उनले आफू नेपाली नागरिक नै रहेको विवरण पेस गरेका थिए । सो कार्य राहदानी ऐन, २०७६ र साविक राहदानी ऐन, २०२४ बमोजिम कसुर ठहर्ने भन्दै उनीविरुद्ध मुद्दा चलाउन माग गरिएको हो । पौडेलले यसअघि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट दायर गरेका थिए । सर्वोच्चको संवैधानिक इजलासले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नभएको भन्दै उनको सांसद पद खारेज गरेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply