दक्षिणपन्थी गठबन्धनको सरकारबाट विकासको कुनै सम्भावना छैन : उपमहासचिव गुरुङ

२१ चैत, सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धनको सरकारबाट विकाशको कुनै सम्भावना नरहेको बताएका छन् ।
मङ्गलवार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले यही गठबन्धनका कारण नेपालको भूराजनीतिक र कूटनीतिक सम्बन्ध जटिल बन्दै गएको बताए ।
उनले भने, दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको र नेपालको भूराजनीतिक कूटनैतिक सम्बन्ध अवस्था अझै जटिल बन्दै गइरहेको छ । सरकारले आर्थिक, सामाजिक, कूटनैतिक क्षेत्रमा हामी सबै जुट्नु पर्ने र मुलुकलाई सही दिशामा लाग्नु पर्ने आजको आवश्यकता रहेको छ ।
सरकारले आफ्नो हनिमुन पिरियड मन्त्रिमण्डल समेत बिस्तार गर्न नसकेको भन्दै आलोचना गरे ।
उनले कर्णाली सरकारलाई विश्वासको मत दिनु विशेष परिस्थिति भएको बताएका छन् ।
राजनीतिमा वस्तुगत परिस्थिति र सन्तुलनमा हुने भन्दै उनले प्रदेश संसदीय दल र प्रदेश कमिटीले गरेको निर्णय विशेष परिस्थितिको विषय भएको बताएका हुन् ।
एक फरक प्रसङ्गमा उनले एमाले नेता भीम रावलसँग संवाद भइरहेको बताए ।
ग्रासरुट अभियान, स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा उनले गरेको असहयोगका बारेमा छानबिन पनि भइरहेका उनले बताए ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
Leave a Reply