आचारसंहिता उल्लंघन गर्ने कसैलाई आयोगले छोड्दैन : आयुक्त भण्डारी

२३ चैत, काठमाडौं । बारा,चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहिता लागू हुने भएको छ।
वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको हो।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार निर्वाचन आयोग र निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठक बसेर चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरुमा लागू हुनेगरी उपनर्विाचन प्रयोजनार्थ आचारसंहिता लागू हुने बताए।
उनले आचारसंहिता उल्लंघन भए उल्लंघन कर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने बताए। उनले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रवारबाट आचारसंहिता लागू हुने बताए।
कतिपय आचारसंहिताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुनेपनि बताए।
आचारसंहिता उल्लंघनको अपेक्षा आयोगले नराखेको र निर्वाचन आचारसंहिता उल्लंघन भए उल्लंघन कर्ता सजायको भागिदार हुने बताए।
उनले भने, आचारसंहितालाई कडाईकासाथ कार्यान्वयन गर्ने प्रयोजनका लागि हामीले विभिन्न योजना तर्जुमा गरेका छौँ। कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न निकायहरुलाई कडाईका साथ परिपालना गर्न निर्देशन गरेका छौँ
उनले विगतका निर्वाचनको अनुभव रहेकाले उपनिर्वाचनमा राम्रोसँग आचारसंहिता कार्यान्वयन गराउने पक्षमा आयोग रहेको स्पष्ट पारे।
उनले थपे, ‘विगतका निर्वाचनबाट पनि हामीलाई आचारसंहिता कार्यान्वयन गर्ने अनुभव छ, उपनिर्वाचनमा पनि राम्रोसँग आचारसंहिता कार्यान्वयन गर्छौं। यदी कसैले उल्लंघन गर्छ भने उल्लंघन कर्ता सजायको भागिदार हुनेछ। कसैबाट पनि आचारसंहिता उल्लंघन हुनेछैन।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply