मिटरब्याज पीडितले बनाए वार्ता टोली, सरकारसँग छलफलको तयारी

२६ चैत, काठमाडौं । न्याय माग्दै काठमाडौँ आएको मिटरब्याजी पीडितको दोस्रो टोलीले सरकारसँग वार्ताका लागि तयारी गरेको छ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नेतृत्व गर्दै आएका अवदेश कुशवाहको संयोजकत्वमा १८ सदस्यीय वार्ता टोली पीडितले बनाएका छन्।
वार्ता टोलीमा ११ जिल्लाका समिति अध्यक्षसहित अन्य जिल्लाका पीडित र अभियन्ता नीर्ग नवीन छन्।
गृह मन्त्रालय शुक्रबार सहसचिव प्रदिपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय टोली बनाएर पीडितलाई वार्तामा बोलाएको थियो। सरकारको तर्फोबाट वार्ता टोलीमा कोइरालासहित गृहका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी, प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन्।
सरकारले वार्तामा बोलाएपछि आइतबार नै पीडितहरूले वार्ता टोली बनाएर सरकारसँग छलफल गर्ने तयारी गरेका थिए। तर सोमबार मात्रै वार्ता टोली बनेपछि सरकारसँग वार्ताका लागि संवाद गरेको जानकारी अभियन्ता नवीनले जानकारी दिए।
सरकारको वार्ता टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजधानीबाहिर भएकाले उनी फर्किएपछि छलफल गरेर वार्तामा बोलाउने जानकारी दिएको उनले बताए। ‘सम्भवत: आजै वार्ता हुन्छ, उहाँहरूले आन्तरिक छलफल गरेर वार्तामा बोलाउँछौँ भन्नुभएको छ, उनले बताए।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply