कर्णालीमा नेकपा एमालेका मन्त्रीहरूले बुझाए संयुक्त राजीनामा

२६ चैत, काठमाडौं । कर्णालीमा नेकपा एमालेका मन्त्रीहरूले राजीनाका दिएका छन्। उनीहरुले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्त राजीनामा पेश गरेका हुन्।
एमालेबाट कर्णाली सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका हुन्।
गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए।
त्यसपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लगिसकेपछि मात्रै सरकारलाई पूर्णता दिएका थिए।
शर्मालाई पहिलो पट्क नेपाली कांग्रेसका १४ सांसद बाहेक अन्य माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र १र१ गरि २५ संसदले विश्वासको मत दिएका थिए।
यस्तै, राप्रपाले गत फागुन १८ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लगेपछि चैत १७ गते दोस्रो पटक मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए।
उनलाई दोस्रो पटकमा राप्रपा बाहेक अन्य सबै दलले विश्वासको मत दिएका थिए।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply